११ साउन। गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि शनिबार सम्पन्न निर्वाचनमा सन्तोष कुँवर अध्यक्ष पदमा निर्वार्चित भएका छ्न । उनले ६, ८३९ मत ल्याई प्रतिस्पर्धी भैरव ढकाल र सञ्जीव ‘गोर्खाली’ ढकाललाई पराजित गरेका हुन । प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले निर्वाचन परिणाम सार्वजनिक गर्दै कुँवरको जीत पुष्टि गरेका हुन्। निर्वाचनमा
कुल १६,१२१ मतदातामध्ये १३,७०१ मत खसेको थियो, जुन ८४.९९ प्रतिशत मतदान दर हो।
एनआरएन अभियानमा एक दशकभन्दा बढी समयदेखि सक्रिय कुँवर हाल कार्यरत महासचिव हुन्। उनले एनआरएनएमा आफ्नो यात्रा राज्य सचिव पदबाट सुरू गरी राज्य संयोजक , आइसिसी सदस्य ,ओसेनिया उपसंयोजक हुँदै महासचिवको भूमिका निर्वाह गरेका थिए।
कुँवरले संस्थाको पारदर्शिता, प्राविधिक आधुनिकीकरण र प्रवासी नेपालीको सहकार्यमा आधारित विकास योजनालाई प्राथमिकता दिने बताएका छन् । उनले अब अध्यक्षको रूपमा संस्थालाई समग्र प्रवासी नेपालीको साझा थलो बनाउने प्रण गरेको बताएका छन ।
सन् २००९ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका कुँवरले सन् २०१० मा मास्टर्स डिग्री पूरा गरी व्यवसायिक जीवन सुरु गरेका थिए। उनी हाल ब्रिसबेनमा माइग्रेसन एजेन्टका रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन्।
तेस्तै उपाध्यक्षमा बबिन मिश्रले ७,२६१ मत प्राप्त गरी विजय हासिल गरे। उनका प्रतिस्पर्धी रमेश पौडेलले ४,६१९ मत पाए।
महासचिवमा चुणमणि सापकोटा बिजेता  बने ।  
उनले ७,०३० मत प्राप्त गरे। भरतमणि देवकोटाले ३,२५३ मत र अर्जुन गौतमले १,८१४ मत प्राप्त   गरे ।  
कोषाध्यक्षमा निजन चौलागाईं ७,०८७ मत सहित  विजयी बने ! उनका प्रतिस्पर्धी लुना सिवाकोटीले ४,७५६ मत ल्याइन ।  सचिवमा कल्याण खड्का ७,१८० मत ल्याएर विजयी बने ।  
राज्य संयोजक पदमा न्यू साउथ वेल्सबाट उषाकिरण वारिया
१,२९१ मत ल्याएर बिजयी   बनिन्  । क्विन्सल्याण्डबाट अतुल खड्का निर्विरोध , टास्मानियाबाट सुजन वाग्ले निर्विरोध, र दक्षिण अष्ट्रेलियाबाट थिरबहादुर गुरुङ ७२५ मत सहित  बिजयी   बने । नर्दन टेरिटोरीबाट  त्रिलोचन सापकोटा ३६९ मत भिक्टोरियाबाट 
महादेव धानुक १,२८२ मत अष्ट्रेलियन क्यापिटल टेरिटोरीबाट ललित मल्ल ५९८ मत वेस्टर्न अष्ट्रेलियाबाट हरिबंश सञ्जेल १,१२८ मत ल्याएर बिजयी  बने ।  
तेस्तै  नारी निकुञ्ज संयोजक: रिज्नो अधिकारी  विजयी बनिन् ! नारी उपसंयोजक: प्रतिभा शाह  निर्विरोध तथा  युवा संयोजकमा पुकार घिमिरे निर्विरोध बिजेता   बने ।  तेस्तै आई सि सि सदस्यहरुमा बिष्णु  प्रसाद तिवारी, दिपक  अधिकारी    दिपक बस्नेत   हरि कृष्ण अधिकारी   निराजन पोखरेल   राजेश के.सी सैवाल न्यौपाने सुशिल पोखरेल बिजयी  भएका   छन्    ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय