गाउँको बयानमा आफूलाई तीन युवकले घरबाट अपहरण गरेर सामूहिक बलात्कार गरेको बयान दिएकी सिराहा नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा मृत फेला परेकी छिन् ।
गत २७ माघ राति तीन युवकले घरबाट अपहरण गरी सामूहिक बलात्कार गरेको घटनामा परिवारलाई दवाव दिई मिलापत्र गराउन खोजिएको थियो । त्यही बिचमा उनी घरमै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनको मृ*त्यु पनि शंकास्पद छ । बाहिरबाट चुकुल लगाइएको फेला परेको छ ।
पीडित परिवारका अनुसार २७ माघ राति करिब ९ बजेतिर शौच गर्न निस्किएकी सदालाई स्थानीय रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले जबर्जस्ती गाउँबाहिर लगेका थिए । २८ माघ बिहान करिब ३ बजेतिर उनलाई रुँदै गरेको अवस्थामा स्थानीयले फेला पारेका थिए । उनले आफूमाथि भएको घटनाबारे आमा सीतादेवीलाई सुनाएकी थिइन् ।

