तेह्रथुम .
४३ बर्षिया आफनै आमा तीलमायाँ नेपालीको घाँटी रेटी हत्या गरेको आरोपमा बिहिबार प्रहरीले तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ८ सोल्मा बस्ने २३ बर्षीय दिपक नेपालीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले विहिबार अपरान्ह ३ वजे आफ्नै आमा ४३ बर्षिया तीलमायाँ नेपालीको खुकुरीले घाँटी रेटी हत्या गरेका थिए ।
सामान्य घरायसी विवाद हुदा आमाको घाटीमा उनले खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । खुकुरी प्रहार पछि आमा तीलमायाँको घटना स्थलमै मृत्य भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा दिपकलाई ईलाका प्रहरी कार्यालय बसन्तपुरले नियन्त्रणमा लिएको छ । दिपक मृतक तीलमायाँ नेपालीका आफनै माईला छोरा हुन ।

