उर्लाबारी, ५ भदौ — उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्कीले हालै भएका अफवाहहरूप्रति कडा असन्तोष व्यक्त गरेका छन्। एक सडक दुर्घटनापछि पीडितसँग कानुनी रूपमा मिलापत्र भइसकेको भए पनि, अनाहकमा अफवाह फैलाई आफूलाई बदनाम गर्न खोजिएको उनको आरोप छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफ्नो मानमर्दन हुने गरी गलत प्रचार गरिएको भन्दै यसविरुद्ध गम्भीर आपत्ति जनाए। उनले भने, “व्यक्तिगत स्वार्थका आधारमा मेरो प्रतिष्ठा ध्वस्त पार्न प्रयास भइरहेको छ। यी सबै आरोपहरू कपोकल्पित र आधारहीन छन्।”

यसैबीच, क्याम्पस सञ्चालक समितिले कार्कीलाई पुनः क्याम्पस प्रमुखमा निरन्तरता दिने निर्णय गरेको छ। समितिका अध्यक्ष पुष्प ढकालले अदालतले कार्कीलाई सफाई दिएपछि उनलाई निरन्तरता दिने निर्णय गरिएको स्पष्ट पारे।

ढकालले भने, “कानुनी रूपमा दोषी नठहरिएकाले कार्कीलाई प्रमुखको जिम्मेवारी निरन्तर दिने निर्णय गरेका छौं।”

अफवाहको बाबजुद क्याम्पसको शैक्षिक गतिविधि भने नियमित रूपमा सञ्चालन हुने समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय