उर्लाबारी ,

मोरङको उर्लाबारीमा सुबिधा सम्पन्न बसपार्क बन्ने भएको छ । २० करोड रुपैयाँको लगानीमा नयाँ बसपार्क निर्माण गरिने भएको छ। यो परियोजना उर्लाबारी नगरपालिकाले नगर विकास कोषको ऋण सहयोगमा सञ्चालन गर्न लागेको हो।

कुल २० करोड ३ लाख ४७ हजार रुपैयाँको लागतमा निर्माण हुने बसपार्कका लागि आज नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेलबीच ऋण सम्झौता भएको छ। सापकोटाका अनुसार, कुल लागतको ६० प्रतिशत अर्थात् १२ करोड २ लाख रुपैयाँ ऋण र १० प्रतिशत अर्थात् २ करोड ३४ हजार रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ।

कुल लागतको ३० प्रतिशत अर्थात् ६ करोड १ लाख रुपैयाँ भने नगरपालिकाले आफैं बेहोर्ने सम्झौतामा उल्लेख छ।

यस बसपार्क निर्माणले उर्लाबारीका बासिन्दाहरुलाई अत्यन्तै सुविधाजनक यातायात सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। यससँगै, नगरपालिकाको विकास र यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय