उर्लाबारी / उर्लाबारीनगर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डको उपाधी उर्लाबारी -८ को लक्ष्मी माबिले जितेको छ ।
” स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालित १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार सम्पन्न प्रतिस्पर्धामा ८ स्वर्ण ८ रजत र ४ कास्य सहित २० पदकका साथ उपधी जितेको हो ।
प्रतियोगितामा ८ स्वर्ण ३ रजत र ३ कास्य सहित १४ पदक जित्दै राधिका माबी उर्लाबारी -६ दोस्रो र ६ स्वर्ण ७ रजत र ४ कास्य गरि १७ पदक सहित सार्वजनिक माबी उर्लाबारी -९ तृतीय भएको छ ।
कार्यक्रममा उर्लाबारी नगर उप- प्रमुख मिनाकुमारी खतिवडा पौडेल, उर्लाबारी ९ का अध्यक्ष नरबहादुर मोक्तान, उर्लाबारी ८ का अध्यक्ष कुलबहादुर कार्की, नगर शिक्षा शाखा प्रमुख सालिग्राम काफ्ले ,विधालयका प्रधानाध्यापक, शिक्षक संचारकर्मी लगायतहरुकाे आतिथ्यता रहेकाे थियाे ।
सार्वजनिक माध्यमिक विद्यालय उर्लाबारी -९ आम्बारीको खेलमैदानमा उर्लाबारी नगरपालिका को आयोजना तथा सार्वजनिक माबिको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न गरिएको हो ।
प्रतियाेगितामा उर्लाबारीका सामुदायिक र संस्थागत गरि २३ विद्यालयले सहभागिता जनाएकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता का सदस्य सचिव तथा सार्वजनिक माविका प्रधानाध्यापक अखिलेस साहले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय