उर्लाबारी। उर्लाबारी–५ निवासी तथा हाल युकेमा बसोबास गर्दै आएका मेजर हर्क बहादुर तामाङकि कान्छी छोरी पुष्पा योन्जन र अनु राईको सहयोगमा वैज्ञानिक तथा सामाजिक अभियन्ता माहाबिर पुनको अभियानलाई समर्थन गर्दै एक लाख रुपैयाँ बराबरको १ सय ३३ वटा पुस्तक खरिद गरेका छन्।

पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रको गतिविधिमा सहयोग पुगोस् भन्ने उद्देश्यले ती पुस्तकहरू खरिद गरिएको हो। पुनको योगदानप्रति सम्मान र प्रेरणा स्वरूप गरिएको यस कार्यमा उर्लाबारीमै रहेका उनका आफन्त पवन थापा र देवीकला तामाङको माध्यमबाट पुस्तक खरिद सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ।

सामाजिक उत्तरदायित्वबोधका साथ गरिएको यस कार्यले प्रवासी नेपालीहरूले मातृभूमिप्रति राख्ने संवेदना र योगदानको एक सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय