पुर्वी मोरङका लोकप्रिय युवा व्यवसायी तथा समाजसेवी सचिन शाक्यद्वारा दुर्गा माविलाई पंखा सहयोग गरेका छन ।
उर्लाबारी–३ दुर्गा चोकस्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई शाक्यले चार थान सिलिङ पंखा सहयोग स्वरुप प्रदान गरेका हुन ।
पछिल्लो समय बढेको अत्यधिक गर्मीका कारण कक्षाकोठामा पंखाको अभावले विद्यार्थीहरूलाई अध्ययनमा असहज भइरहेको जानकारी पाएपछि शाक्यले आईतबार विद्यालयमै पुगेर पंखा सहयोग गरेका हुन्।
नेपाल रेडक्रस सोसाइटी, उर्लाबारी उपशाखाको तर्फबाट युरेस÷जुरेस गठन कार्यक्रममा केही समयअघि विद्यालय पुगेका शाक्यले त्यहाँको अवस्था प्रत्यक्ष अवलोकन गरेपछि सहयोग गर्ने निर्णय गरेका थिए। उनले भने, “अत्यधिक गर्मीका बीच पनि निरन्तर अध्ययन अध्यापन भइरहेको देखेपछि केही सहयोग गर्न मन लागेको थियो ।”
पंखा हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारसमणि कुइकेलले शाक्यलाई धन्यवाद ज्ञापन गर्दै सामुदायिक विद्यालयमा भएको यो सहयोग महत्वपूर्ण रहेको बताए।

