उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको अन्यायको विरुद्धमा देशभर सञ्चालन भइरहेको हस्ताक्षर अभियानलाई समर्थन जनाउँदै ८३ वर्षीय जेष्ठ नागरिक गौरी रायमाझीले पनि हस्ताक्षर गरेका छन्।
उर्लाबारी–७ स्थित बरगाछीमा राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर समिति द्वारा आयोजित हस्ताक्षर अभियानमा सहभागी भएका उर्लाबारी ८ का रायमाझीले रवि लामिछानेलाई न्याय दिनु पर्ने माग गर्दै हस्ताक्षर गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर नै अभियान सञ्चालन गर्दै आएको छ भने उर्लाबारीमा समेत जनसमर्थन बढ्दै गएको पार्टी उर्लाबारी नगर समितिले जनाएको छ।
जेष्ठ नागरिकसमेत अभियानमा स्वतःस्फूर्त रुपमा सहभागी हुन थालेपछि पार्टी कार्यकर्तामा उत्साह थपिएको देखिन्छ।

