२७ साउन। अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक बर्ष १२ अगस्टमा मनाइने यो दिवस यस बर्ष ‘दिगो विकास र सुनौलो भविश्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रमको मूल समारोह आज आयोजना हुँदैछ।भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजे आयोजना हुने मूल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने कार्यक्रम छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा युवा दिवस मनाउन २८५ संस्थागत सदस्यसहित मूल समारोह समिति र राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन गरिएको थियो ।

युवा सम्वन्धी व्यवस्थालाई कार्यान्वयन गर्न, युवा केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र कानून निर्माणमा पैरवी गर्न,अन्तर्राष्ट्रियस्तरमा सचेतना अभिवृद्धि गर्न उत्सवमय ढंगले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।

यो दिवसलाई १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारण सभाले १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार सन् २००० देखि हरेक वर्षको १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय