२८ साउन। इजरायली सेनाले गत २४ घण्टामा गाजामा आक्रमण गर्दा कम्तीमा ७३ जना प्यालेस्टाइनी मारिएका छ्न । त्यसमध्ये दुई जनाको सागरतटीय क्षेत्रमा इजरायलद्वारा सिर्जित भोकमरीका कारण मृत्यु भएको छ।

मंगलबार मारिएका मध्ये १९ जना राहत खोज्ने व्यक्तिहरू थिए। यसैबीच, क्यानाडा, फ्रान्स र बेलायतसहितको युरोपेली संघ र अन्य २६ देशहरूले गाजामा भइरहेको “अकल्पनीय स्तरको” पीडालाई निन्दा गर्दै, युद्धग्रस्त क्षेत्रमा फैलिँदै गएको भोकमरी रोक्न र उल्टाउन तत्काल कदम चाल्न आह्वान गरेका छन्।

उत्तरी गाजामा रहेको जिकिम क्रसिङ नजिकै राहत खोज्नेहरूमाथि भएको पछिल्लो आक्रमणका बचेका व्यक्तिहरूले भयावह दृश्यको वर्णन गरेका छन्।

आक्रमणबाट बचेका एक व्यक्तिले चारैतिर गोलीबारी भइरहेको, के भइरहेको हो थाहा नभएको र आफ्नो अगाडि मानिसहरू मर्दै गएको कुरा बताएका थिए ।

इजरायली गोलीबारीबीच दैनिक भोजन खोज्ने प्रयासमा उत्तरी गाजामा सयौं प्यालेस्टाइनले ज्यान गुमाइसकेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय