उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ जिल्ला कार्यसमितिले उर्लाबारीका सक्रिय युवा नेता प्रतीक आचार्यलाई विशेष जिम्मेवारी दिएको छ।

राप्रपाको युवा संगठनको गत साउन ३० गतेको निर्णय र जिल्ला समितिको साउन ९ गतेको बैठकअनुसार आचार्यलाई राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मोरङको संयोजकका रूपमा नियुक्ति गरिएको हो। उनलाई मोरङका १७ वटै पालिकामा पार्टीको संगठन विस्तार र गतिविधि सशक्त बनाउन जिम्मेवारी दिइएको जिल्ला कार्यसमितिले जनाएको छ।

गत बैशाख २० गते सम्पन्न राप्रपाको दोस्रो उर्लाबारी नगर अधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका आचार्य ६० मत अन्तरले पराजित भएका थिए। सो अधिवेशनले देवीप्रसाद दाहाललाई नगर अध्यक्षमा निर्वाचित गरेको थियो।

सक्रिय, जुझारु र युवा नेताका रूपमा चिनिएका आचार्यलाई संगठन सुदृढीकरणको जिम्मेवारी दिइएपछि राप्रपाको गतिविधि मोरङमा थप गतिशील हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय