वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाउने कुशे औँसी पर्व आज श्रद्धा एवं भक्तिसाथ मनाउँदैछन् ।

यस अवसरमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग हुने पवित्र कुश घर–घरमा भित्र्याइने परम्परा रहिआएको छ । शास्त्रीय परम्परा अनुसार ब्राह्मणले पूजा गरी उखेलेर जजमानकहाँ पु¥याएको कुशलाई घरमा राख्नाले परिवारको कल्याण हुने विश्वास गरिन्छ ।

धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार आजको दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने मान्यता छ भने अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्रै उपयोग गर्न सकिन्छ ।

यस दिनलाई पितृकार्यका लागि विशेष फलदायी दिन मानिने भएकाले देशभरका तीर्थस्थल र मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय