कोशी प्रदेशसभाले ल्याएको विवादास्पद आमसञ्चार विधेयक तत्कालका लागि स्थगित भएको छ।
कोशी प्रदेशसभाको भदौ १३ र १५ गतेको कार्यसूचीबाट आमसञ्चार विधेयक हटाइएपछि यस विषय तत्काल स्थगित भएको हो ।कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेशसभाको कार्यसूचीमा आमसञ्चार विधेयक नभएको बताए ।
बिहीबार बसेको कार्यव्यवस्थाको बैठकले उक्त विधेयक तत्कालका लागि कार्यसूचीमा नराख्ने निर्णय गरेको उनले जानकारी दिए।उनका अनुसार आगामी १३ गते तथ्यांकसम्बन्धी विधेयक पारित गर्ने र १५ गते भाषा सम्बन्धी विधेयकलाई समितिमा पठाउने कार्यसूची तय गरिएको छ।तर, आम सञ्चार विधेयक भने एजेन्डामा नरहेको बताइएको छ । प्रेस स्वतन्त्रताविरोधी भनिएको र आफू पत्रकारमैत्री रहेको उनले उदृत गरे ।
आमसञ्चार विधेयकको विषयलाई लिएर पत्रकार महासंघ आन्दोलित छ । उक्त विधेयक तत्काल कार्यसूचीबाट हटाइएसँगै यो विधेयक थन्किएको छ । सरकारले चालू अधिवेश भदौ १५ पछि अन्त्य गर्ने तयारी गरेको छ ।
यससँगै चालू अधिवेशनमा यो विधेयक पारित नहुने निश्चित भएको छ । समाचार लेखेकै आधारमा पत्रकारलाई दण्डित गर्नेगरी विधेयक ल्याइएको भन्दै महासंघले चरणबद्ध आन्दोलन सुरु गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय