भनिन्छ मूर्ख हरुको औषधी नै प्रेम हो ।
प्रेम ले नै यो संसार चलेको छ।
प्रेमले नै परिवर्तन क्षमताको वृद्धि गर्छ। तर
भौतिक होइन आत्मिक अनुभव हो प्रेम। यसको न कुनै सीमा हुन्छ न त समय र भूगोल नै।
प्रेम जुनसुकै बेला जो कसै संग हुनसक्छ।
तर चाहाना गरेर मात्रै हुदैन प्रेम।
मानिसको आनिबानी व्यक्तित्व आदिले कसैलाई
मोहित गरेर वा भावनामा डुबेर हुने हो यो प्रेम।
मानिसलाई यो धर्तीमा शान्ति र अहम बिनानै
बाँच्न र सुन्दर जीवनको कल्पना गर्न प्रेमले नै
सिकाउँछ। प्रेममा त्यस्तो शक्ति हुन्छ जसले जीवन
निर्वाहका लागि अमृतको काम गर्दछ । एक
अर्का बीचमा विश्वास अनि भावनात्मक सम्बन्ध
रहयो भने मात्र सफल हुन्छ प्रेम ।
तर यही प्रेम घातक हुन्छ जब
कसैको बाहिरी बनावटको आकर्षणलाई उ प्रेम सम्झन्छ।
मस्तिष्कको अनुरोध अनि मनको चाहनाबाट
उत्पन्न भावना हो प्रेम ।
कसैको यौवन वा जवानीको मोहमा परेर
उसको यौन तृष्णा मेटाउन रचिएको
केही दिनको काल्पनिक नाटकलाई प्रेम भयो भन्न मिल्दैन।
मनदेखि नै गरिएको आत्मिक अनुभव
बिनाको प्रेमले जटिल समस्या निम्ताउन सक्छ।
एक अर्काबीचको दूरी बढेर बिछोड हुँदा उत्पन्न
हुने आवेगलाई कावुमा राख्न नसकी आत्महत्या,
लागू पदार्थ दुव्र्यसनतर्फ धकेल्ने
युवा पुस्ताको प्रमुख समस्या बन्दै गएको छ।
आफूले रोजेको मानिससँग सम्बन्ध बिग्रिए पछि,मनको कुरा खोल्न नपाई
अर्को बाटो रोजेका कारण वा प्रेममा असन्तुष्ट
भएर प्रेमी वा प्रेमीकाले
आत्महत्या वा दुव्र्यसनको बाटो सम्म रोजेको पाईएको छ।
प्रेमका कारण बीचैमा पढाइ छाड्नेहरू
पनि उत्तिकै छन्। भनिन्छ- प्रेम
सञ्जीवनी बुटी हो जसलाई चिन्न र ग्रहण
गर्नस के यसले जीवनलाई सुन्दर बनाउनुका साथै
जीवन-निर्वाहमा अमृतको काम गर्छ, तसर्थ
प्रेमी-प्रेमीका ले प्रेमबाट धेरै
अपेक्षा नराखी सम्बन्ध बढाउनु नै उपयुक्त र टिकाउ हुनेछ।
“बिश्वास गरौ”
“भरोसा दिलाउ”
पस्चिमा छाडा सभ्यतामा होइन आफनै संस्कार र परम्परा मा रमाऔ।
अनि मात्र सार्थक हुनेछ प्रेम दिबस।
happy valentines day.
प्रेम दिबसको हार्हिक शुभकामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय