दिलिप पोखरेल
शुक्रबार उर्लाबारी वडा नम्बर २ स्थित बेतिनी सिमसार क्षेत्रमा आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ ।आज होली पर्वको अवसरमा सिमसार क्षेत्र पर्यटकहरुले भरिभराउ भएको पाईएको छ ।
सिमसारमा आई प्राकृतिक वातावरणमा रमाउने, विभिन्न रङ्गहरु आपसमा घस्ने, फोटो भिडियो खिच्ने र मासुजन्य परिकारहरु खाई मनोरञ्जन लिनेहरुको बाक्लो भिड थियो ।
आज होलि पर्वको अवसरमा करिव ६ हजार बढि पर्यटकहरुले सिमसार क्षेत्रमा प्रवेश गरि मनोरञ्जन लिएको वेतिनी सामुदायीक वन उपभोक्ता समुहका सचिव अर्जुन बाँस्तोलाले जानकारी दिए । आज पर्यटकको सङ्ख्या ह्वात्तै बढेसँगै सवारी पार्किङ स्थलमा समेत चाप बढेको पाईएको छ ।

