उर्लाबारी ।
नेकपा माओवादी केन्द्र नगर कमिटी उर्लाबारीले २१ औं राष्ट्रिय धान दिवसको अवसरमा बिभिन्न सास्कृतिक कार्यक्रम गर्नु साथै केन्द्रको २ महिने पुर्वेली गठन सुढृढीकरण अभियान पनि समापन गरेको छ ।

शनिबार उर्लाबारी–४ का माओवादी नेता मिलन दाहालको खेतमा रोपाईसहित धान दिवस कार्यक्रम मनाएको हो । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका सह–इन्चार्ज सावित्रीकुमार काफ्ले (समर) को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु सहभागी भई धान रोपाई गरिएको थियो । रोपाईसँगै दही, चिउरा खाएर राष्ट्रिय धान दिवस तथा असार १५ मनाइएको छ ।
कार्यक्रममा सह–इन्चार्ज काफ्ले कृषि क्षेत्रको विकासका अपरिहार्य रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रको क्रान्ति आवश्यक रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा सञ्चालन गरेको पूर्वेली अभियान कार्यक्रमसमेत सोही अवसरमा समापन भएको छ । पार्टीले जनतासँग जोड्ने हेतुले उक्त कार्यक्रम सञ्चालन गरेको केन्द्रीय सदस्य तथा उर्लाबारीका कमाण्डर विशेन्द्र चेम्जोङले बताउनुभयो । अभियान समापन भएपनि आम जनतासँग माओवादी जोडिएर काम गर्ने उहाँको भनाई छ । कार्यक्रम सञ्चालन पार्टीका नगर अध्यक्ष गजेन्द्र दंगालले सञ्चालन गर्नुभएको थियो ।

