मोरङ, बिराटनगर – बिधवा महिला र उनीहरूका बालबालिकाको सशक्तीकरणकालागी लैङ्िगक समानता भन्ने मुल नाराका साथ मानव अधिकारका लागि महिला एकल महिला समूह कोशी प्रदेशले १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस बिराटनगर स्थित कृष्ण होटलमा भव्य रुपमा मनाएको छ।
कोसी प्रदेश सदस्य शोभा पालुङ्गाको प्रमुख आतिथ्य तथा मानव अधिकारका लागि महिला एकल महिला समूह मोरङका अध्यक्ष चुडा भटराईको सभापतित्वमा भएको सो कार्यक्रमा जिल्ला समन्वय समिति मोरङका उपाध्यक्ष उषा झा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कोसी प्रदेश सदस्य शोभा पालुङगाले एकल महिलाहरुलाई अहिले पनि सम्पत्तिको अधिकारबाट बन्चित राखिएको बताउनु भयो ।एकल महिलाहरु जहिले पनि सामाजिक धार्मिक र पारिवारिक रुपमा अपहेलित भएकाले तिनै तहका सरकारले ती महिलाहरुलाई समाजमा स्थापित गराउन भुमिका खेल्नुपर्नेमा उहाँको जोड थियो ।
बिश्व भरिमा एकल महिलाको संख्या २५ करोड ८० लाख रहेको छ । नेपालको सन्दर्भमा भने विक्रम संवत् २०७८ को जनगणना अनुसार नेपालमा करिव ९ लाखको हाराहारीमा एकल महिलाहरु रहेको देखिन्छ ।
लामो समय देखि लैंगिक समानताको माग राख्दै आएका उनीहरुले दोस्रो बिवाह गर्न चाहने एकल महिलाले पहिलो श्रीमानको सम्पती फिर्ता गर्नु नपर्ने ,
कर्मचारी सेवा आयोगमा एकल महिलाका सन्तानका लागि राज्यले कोटा छुट्याउनु पर्ने ।
एकल महिलाका सन्तानको शिक्षाको जिम्मा राज्यले लिनु पर्ने आदि माग रार्दै आएका छन ।
आईतबार आयोजित कार्यक्रममा उपस्थित अतिथिहरूले एकल महिलाहरूको हक अधिकार, उनीहरूको सशक्तीकरण र समाजमा उनीहरूको योगदानको महत्त्वका बारेमा बोलेका थिए। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू, अनुभव साझा गर्ने सत्रहरू र सम्वाद कार्यक्रमहरू समेत आयोजना गरिएको थियो।
बिराटनगर माहानगरपालिका र सामाजिक बिकास मन्त्रालयको सहयोग तथा कुर्वे वोस्ट्रन को सहकार्यमा भएको कार्यक्रममा
एकल महिला समूहले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु मार्फत महिला सशक्तीकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छन ।

