उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ६ मा अवस्थित सामुदायिक विकास मञ्च उर्लाबारीले आफ्नो २७ औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ। संस्थाले वार्षिक गतिविधिहरूको समीक्षा गर्दै आगामी योजनाहरू सार्वजनिक गरेको सभामा संस्थापक र पत्रकारलाई सम्मान गरिएको हो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव महेन्द्र बोहोराले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि चिन्तामणी पौडेलले सामुदायिक विकास मञ्चले गरेको कार्यको प्रशंसा गर्दै उर्लाबारीजस्ता स्थानमा यस्ता संस्थाहरूको आवश्यकता रहेको बताए।
विशिष्ट अतिथिहरूमा उर्लाबारी वडा नं. ८ का वडा अध्यक्ष कुल बहादुर कार्की, सामुदायिक पुस्तकालयका अध्यक्ष नारदमणि नेपाल, संस्थाका सल्लाहकार गजेन्द्र दंगाल, संस्थापक राजु बुढाथोकी, र पत्रकार मदन बाबू प्रसाईं लगायतको उपस्थिति रहेको थियो।
सभामा स्वागत मन्तव्य घनेन्द्र दुलाल र राजु बुढाथोकीले दिएका थिए। गजेन्द्र दंगाल र कुल बहादुर कार्कीले शुभकामना मन्तव्य प्रस्तुत गर्दै संस्थाको भविष्यका लागि शुभकामना व्यक्त गरे।
सचिव महेन्द्र बोहोराले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष दीपेश नेपालले आय-व्यय विवरण प्रस्तुत गरे। संस्थाका अध्यक्ष प्रेम बोहोराले आगामी वर्षमा गरिने योजनाहरू सार्वजनिक गरे।
कार्यक्रमको विशेष समयमा सामाजिक व्यक्तित्व तथा संस्थापक अध्यक्ष राजु बुढाथोकी र पत्रकार टीका सिम्खडालाई सम्मान गरिएको थियो। उनीहरूको योगदानको कदर गर्दै संस्थाले प्रशंसा पत्र प्रदान गरेको हो।
उर्लाबारी वडा नं. २ स्थित पर्यटकीय क्षेत्र बासेचौरीमा वनभोजसहितको कार्यक्रम आयोजना गरिएको कार्यक्रमा विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाईएको थियो।
सामुदायिक विकास मञ्चले उर्लाबारी रन, हाजिरीजवाफ प्रतियोगिता, नगर सरसफाइ लगायतका सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। संस्थामा हाल १४५ जना आजीवन सदस्य रहेका छन्।

