झापा । झापा मेचीनगर–८ मा समाजको पुरातन मान्यता तोड्दै आठ दिदीबहिनीले आफ्ना दिवंगत बाबुको किरिया गरेर छोराछोरीबीचको भेदभावलाई चुनौती दिएका छन्। परम्परागत रूपमा छोराले मात्र किरिया गर्ने मान्यता रहेको समाजमा छोरीहरूले यो कदम उठाएर समतामूलक समाजको सन्देश फैलाएका छन्।
दिदीबहिनीहरूले किरियापुत्री बस्नु केवल सांस्कृतिक परम्परालाई परिवर्तन गर्ने प्रयासमात्र होइन, यो आफ्नो बाबुप्रतिको दायित्व निर्वाह गर्ने आत्मीय भावनाको प्रतिक पनि हो।
“हामी छोरी छोराभन्दा कम छैनौं, यो हामीले प्रमाणित गरेका छौं। यो हाम्रो कर्तव्य थियो, जुन हामीले गर्वका साथ पूरा गर्यौं,” उनीहरू मध्ये एक दिदीले भनिन्।
छोरीहरूको यो कदमले परिवार र समाजका अन्य सदस्यहरूलाई पनि गहिरो प्रभाव पारेको छ। स्थानीय बासिन्दाले उनीहरूको साहस र निर्णयको प्रशंसा गर्दै यसलाई परिवर्तनको लागि प्रेरणादायी घटना भनेका छन्।
समानताको यस कदमले केवल झापा मात्रै होइन, देशभरका समाजलाई छोरी छोराबीचको असमानतालाई पुनर्विचार गर्न उत्प्रेरित गर्ने बताइएको छ।फोटो दमक आवाजबाट।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय