कतारको मध्यस्थतामा गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्य गर्ने गरी समझौता भएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्
२ माघ, काठमाडौं । इजरायल र हमास गाजामा १५ महिना जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौतामा पुगेका छन् ।

स्रोतहरूलाई उदृत गर्दै बीबीसीलाई जनाएअनुसार स्थायी युद्धविरामको लागि दुवैपक्ष तयार भएका हुन् । सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन । यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ ।हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय