काठमाडौं । काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्न प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
माघ २ गते, दिउँसो सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरूको भिडभाड रहेको बेला अधिवक्ता त्रिपाठी ज्रेब्रा क्रसिङमार्फत सडक पार गर्ने क्रममा केही व्यक्तिहरूले हुलहुज्जत गर्दै उनलाई आक्रमण गर्ने प्रयास गरेका थिए। घटना भएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अधिवक्ता त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा राखेको थियो।
घटनामा संलग्न व्यक्तिहरूमध्ये दोलखा, तामाकोशी गाउँपालिका–१ स्थायी घर भई हाल ललितपुर, महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४८ वर्षीय ललित कुमार के.सी.लाई पक्राउ गरिएको छ। उनलाई ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी सिंहदरवार प्रहरी वृत्तमा राखी थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास कार्यलाई तीव्र बनाएको छ प्रहरीले जनाएको छ ।

