बेलबारी । मोरङको बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहको कार्यलयमा आन्तरिक राजस्व कार्यलय बिराटनगरले छापा हानेको छ ।
फागुन ६ गते टोलीले संस्थाको अनुगमनका क्रममा संस्था दर्ता नबिकरण नभएको,आन्तरिक लेखा नम्बर (प्यान) समेत नभएको र मनोरञ्जन कर लगायत कुनै कर नतिरेको तर टिकट शुल्क लिएर आन्तरिक तथा बाह्रय पर्यटक प्रबेश गराउने गरेको पाईएको छ । राजस्वका अनुसार ३ आर्थिक बर्षको बिल र कागजातहरु नियन्त्रणमा लिईएको र सात दिनभित्र आबश्यक कागजात सहित आन्तरिक राजस्व कार्यलय बिराटनगरमा हाजिर हुन पत्र समेत दिएको छ ।

