मोरङ । नेकपा एमाले मोरङको १०औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजकुमार ओझालाई ३९ मतान्तरले पराजित गरेका हुन्।
राईले ४४६ मत प्राप्त गर्दा ओझाले ४०७ मत पाए। दुवै अध्यक्षका उम्मेदवार सुन्दरहरैंचा निवासी हुन्।
जिल्ला अधिवेशनको नतिजामा नेता विनोद ढकाल समूहका सबै उम्मेदवार विजयी भएका छन्।जसमा उपपाध्यक्ष: सागर थापा (४२२ मत), निकटतम प्रतिद्वन्द्वी शान्ति लिम्बु: ३९१ मत, सचिव: सोमराज थापा (४६२ मत), निकटतम प्रतिद्वन्द्वी रविन थापा: ३६८ मत, उपसचिव: सन्तोष बान्तवा राई (४९० मत), निकटतम प्रतिद्वन्द्वी इर्जालाल राजवंशी: ३११ मत, उषा झा (४१८ मत)र निकटतम प्रतिद्वन्द्वी शिल्पा निराला कार्की: ४०५ मत रहेको छ।
एमाले मोरङको १६५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा यसअघि ७१ जना निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी सदस्यहरूको मतगणना जारी छ। अधिवेशनमा ९११ प्रतिनिधिमध्ये ८८८ जनाले मतदान गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय