उर्लाबारी | १८औं विश्व अटिजम सचेतना दिवस २०८१ को अवसरमा उर्लाबारी-५ मा स्थित आकार फाउन्डेसनले अभिभावक सम्मान कार्यक्रम आयोजना गरेको छ। बुधबार सम्पन्न कार्यक्रममा विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै अटिजम भएका बालबालिकाका अभिभावकहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमको दौरान संस्थाका शिक्षिकाहरूले “आकार” गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । अभिभावकको तर्फबाट गणेश सुवेदीले मन्तव्य राख्दै अटिजम भएका बालबालिकाको हकहितका लागि आकार फाउन्डेसनले पुर्याएको योगदानको उच्च प्रशंसा गरे।
वि.सं. २०७७ मा स्थापित सो फाउन्डेसनले उर्लाबारी लगायतका क्षेत्रमा अटिजम भएका बालबालिकालाई विभिन्न सेवा प्रदान गर्दै आएको छ। हालसम्म १ हजार २ सय भन्दा बढी बालबालिकाले सो संस्थाबाट सेवा प्राप्त गरिसकेका छन् । यस्तै हाल ७५ जना अटिजम भएका बालबालिकाहरूले थेरापी लिइरहेका बताईएको छ ।
त्यस्तैगरी साँझ उर्लाबारी चोकमा समेत सचेतना कार्यक्रम आयोजना गरिएको छ । उर्लाबारी जेसीज, रोटरी क्लव अफ उर्लाबारी, रोट्याक क्लव उर्लाबारीलगायतका सामाजिक संस्थाहरुसँगको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा नृत्य, सतेतना तथा ‘आकार’ गित प्रस्तुत गरिएको छ ।
कार्यक्रमले अटिजम सचेतनाका साथै अभिभावकहरूलाई प्रेरित गर्ने महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
यस्तै ,उर्लाबारी जेसीजले अप्रिल महिनाभर हरेक दिन अटिजमसम्बन्धि सचेतनामूलक कार्यक्रममा द्रव्यश्रव्य सामाग्री प्रकाशन एवम् प्रसारण, अन्तर्क्रिया र सम्मानलगायतका कार्यक्रम संचालन गर्ने कार्यक्रम संयोजक पोख्रेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय