सुन्दरहरैंचाका चोक–चोकमा हातमा माइक बोकेर आफ्ना विचारहरू सार्वजनिक रूपमा राखिरहेका सुन्दरहरैंचा नगरपालिका–५ निवासी ४२ वर्षीय कृष्ण कुमार घिमिरे अहिले देशव्यापी अभियानमा जुटेका छन्। उनले “मिसन: स्वास्थ्य शिक्षा (स्वा.शि), दलभन्दा देश ठूलो” भन्ने मूल सन्देशसहित आम जनताको घरदैलो अभियान थालेका हुन्।

देशका प्रमुख राजनीतिक दलहरू आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै “मिसन ८४ मा व्यस्त भइरहँदा घिमिरे भने स्वतन्त्र सोचका साथ एक फरक अभियान लिएर मैदानमा उत्रिएका छन्। उनको अभियानको मुख्य उद्देश्य भनेको स्वतन्त्र युवा र महिला उम्मेदवारलाई आगामी निर्वाचनमा अघि ल्याउने प्रेरणा र हौसला दिनु हो।

“दलभन्दा देश ठूलो” भन्ने मूल मन्त्र बोकेर अघि बढिएको यस अभियानमा घिमिरे एक्लै सक्रिय रहदै आएका छन। उनले शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्ने मागसहित सुन्दरहरैंचा नगरपालिकाका सबै १२ वटै वडामा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरिसकेका छन्। यदि स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएमा पूर्णरूपमा निशुल्क शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गरिने उनको प्रतिबद्धता छ।
यो अभियानलाई देशव्यापी बनाउने तयारीमा रहेका घिमिरेले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म राजनीतिक सचेतना फैलाउने र सकारात्मक परिवर्तनको लहर ल्याउने अपेक्षा राखेका छन ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय