मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा सोमबार बसको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु भएको घटना लाई लिएर मंगलबार पीडित परिवार र स्थानीयवासीले कानेपोखरी–रंगेली सडक अवरुद्ध गरेका छन्।

कानेपोखरीबाट रंगेली आउँदै गरेको को १ ख २१०३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा सोही स्थानका दिलीप मण्डलकी छोरी मिरा मण्डल घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

बस र चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको जनाएको छ। तर मृतक बालिकाका आफन्तले क्षतिपूर्तिको माग गर्दै शव उठाउन मानेका छैनन्।

उनीहरूले दोषीलाई कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका कारण कानेपोखरी–रंगेली सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ।

प्रहरीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाउँदै स्थानीयसँग वार्ता गरी समस्या समाधानको प्रयास जारी राखेको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय