काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध भएपछि प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसमार्फत स्थगित गरिएको छ। अब बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठाउँदै प्रमुख विपक्षी दल नेकपा माओवादी , रास्वपा सहितका दलहरूले संसद अवरुद्ध गरेका थिए। उनीहरूले संसदमा नाराबाजी गर्दै लेखकको राजीनामा, उच्चस्तरीय छानबिन समिति गठन लगायतका माग राखेका थिए।

सभामुख देवराज घिमिरेले केही समय बैठक स्थगित गरी दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सहमति नजुटेको संसद स्रोतले जनाएको छ। विपक्षी दलहरू आफ्ना मागप्रति अडिग रहेका कारण बैठक अघि बढ्न नसकेको हो।

भिजिट भिसाको दुरुपयोग र त्यसमा गृहमन्त्रालयको भूमिकाबारे प्रश्न उठिरहेका बेला संसदमा बढ्दो तनाब देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय