इटहरी । इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा रहेको तिरुपति प्लाइउड फ्याक्ट्रीमा बुधवार राति भीषण आगलागी भएको छ। राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

आगलागी नियन्त्रणका लागि इटहरी, धरान, विराटनगर, बेलबारी, कानेपोखरी लगायत आसपासका १० भन्दा बढी स्थानीय तहबाट दमकल परिचालन गरिएको छ। दमकल टोली र सुरक्षाकर्मीहरू संयुक्त रूपमा आगो नियन्त्रणको प्रयासमा खटिएका छन्।

विराटनगरका उद्योगी वसन्त राठीद्वारा सञ्चालित सो प्लाइउड फ्याक्ट्री करिब ३ बिघा क्षेत्रफलमा फैलिएको छ। उद्योगी राठीका अनुसार फ्याक्ट्री मङ्गलवार बन्द रहेको थियो। आगलागीको कारण हालसम्म खुल्न सकेको छैन।

फ्याक्ट्रीमा प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, क्यामिकल र अन्य ज्वलनशील सामग्रीहरू भएकाले आगो तीव्र गतिमा फैलिएको अनुमान गरिएको छ।

हालसम्म मानवीय क्षतिको विवरण सार्वजनिक भइसकेको छैन भने क्षतिको यकिन अनुमान पनि गरिएको छैन। आगलागी नियन्त्रणपछि मात्र क्षतिको पूर्ण विवरण आउन सक्ने जनाइएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय