उर्लाबारी। पछिल्लो समय उर्लाबारीमा फेसबुक ह्याक गरी पैसाको माग गर्ने घटना बढ्दै गएको छ। हालै उर्लाबारीका दुई जनाको फेसबुक ह्याक गरी म्यासेन्जरमार्फत आफन्त र साथीभाइसँग पैसा मागिएको घटनाले सर्वसाधारणमा त्रास फैलिएको छ।
आजै मात्र उर्लाबारीका खगेन्द्र पराजुली र नेत्र पौडेलको फेसबुक एकाउन्ट ह्याक गरेर पैसा मागिएको छ ।
सामाजिक सञ्जालमार्फत झूटो परिचय बनाई रकम माग्ने कार्य आपराधिक गतिविधिको श्रेणीमा पर्ने हुँदा सबैलाई सतर्क रहन अनुरोध गरिएको छ। सम्बन्धित व्यक्तिका फेसबुक अकाउन्ट ह्याकरको नियन्त्रणमा परेकाले कसैले म्यासेन्जर वा फेसबुकमार्फत पैसा मागेमा नपठाउन प्रहरीले समेत अनुरोध गरेको छ।
साथै, यस्ता म्यासेज प्राप्त भएमा प्रत्यक्ष भेटेर वा फोनमार्फत वास्तविकता पुष्टि गरेपछि मात्र आर्थिक सहयोग गर्न सुझाइएको छ। अनावश्यक जोखिमबाट बच्नका लागि म्यासेन्जरबाट आएका पैसाका मागहरूलाई तुरुन्त नपत्याउन र साइबर अपराधसम्बन्धी निकायमा जानकारी गराउन समेत अनुरोध गरिएको छ।

