प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दलका नेताहरूलाई गाली गर्दै भिडिओ बनाएको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटेकी छन् ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले बस्नेतलाई ३० हजार धरौटीमा छोड्न बिहीबार आदेश दिएका हुन् ।उनीले टिकटकमार्फत् प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकसहितविरुद्ध आपत्तिजनक गाली गलौज गरेकी थिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी र हाल जेलमा रहेका सभापति रवि लामिछानेकी समर्थक उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते पक्राउ गरेको थियो। उनलाई हिरासतमा राखिएपछि रोइकराइ गरेकी थिइन् ।बस्नेतले गालीगलौज गरेका भिडियोका आधारमा गृहमन्त्रालयले प्रहरीलाई अनुसन्धान अघि बढाउन भनेको थियो ।यसअघि रमाका बाबु बलदेव बस्नेतले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए । तर सर्वोच्चले उनलाई छाड्न मानेन । न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको थियो ।

