मिक्लाजुङ । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–६ शान्तिटोलस्थित शिवालय मन्दिर छेउ बुधबार बिहान करिब ८ बजेको समयमा आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
कृष्णबहादुर दाहालको घरमा विद्युत सर्ट भई अचानक आगलागी भएको हो। आगलागीको समयमा घरका सबै सदस्य असारे रोपाइँका लागि खेतमा गएका कारण मानवीय क्षति भने हुन पाएन।
आगलागीबाट घरमा रहेका फर्निचर बनाउने टुल्स, काठ तथा अन्य सामाग्रीहरू पूर्णरूपमा नष्ट भएका छन्। दाहालले लाखौं मूल्य बराबरका सामाग्री जलेर नष्ट भएको बताएका छन्।
घटनाबारे इलाका प्रहरी कार्यालय मिक्लाजुङले घटनाको पुष्टि गर्दै करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको जानकारी दिएको छ।
विद्युत सर्टको कारण भएको आगलागीबाट भविष्यमै यस्ता दुर्घटना दोहोरिन नदिन स्थानीय तह तथा सम्बन्धित निकायलाई सावधानी अपनाउन प्रहरीले सुझाव दिएको छ।

