लोकप्रिय गायिका एलिना चौहानविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्ने एक युवक पक्राउ परेका छन्। साइबर अपराध अनुसन्धानमा खटिएको नेपाल प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध उजुरीपछि कारबाही अगाडि बढाएको हो।
ब्युरोका अनुसार गुञ्जन राई नाम गरेका युवकलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको हो। एलिनाले साइबर ब्युरोमा चारजनाविरुद्ध उजुरी दिएकी थिइन्, जसमध्ये अन्य तीन जना विदेशमा रहेका खुल्न आएको ब्युरोले जनाएको छ।
गायिका एलिना चौहान र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा हुने अनावश्यक गालीगलौज, चरित्रहत्या र अभद्र व्यवहारविरुद्ध सामूहिक अभियान थालेका छन्। ‘प्रोफाइल एक्सपोज’ नाम दिइएको यस अभियानअन्तर्गत ती दुर्व्यवहार गर्ने व्यक्तिहरूको पहिचान सार्वजनिक गर्दै आवश्यक परे कानुनी प्रक्रिया थाल्ने उनीहरूको चेतावनी छ।

