काठमाडौं । सुनचाँदी व्यवसायीले झन्डै १ महिनादेखि जारी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् । व्यवसायीको आन्दोलन बिहीबारबाट स्थगित भएको हो ।
सरकारले व्यवसायीको माग सम्बोधन गर्ने भएको छ । सरकार र व्यवसायीबीचको वार्तामा ६ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको हो । आन्दोलन स्थगनसँगै अब शुक्रबारदेखि देशभरका सुनचाँदी पसलहरू नियमित रूपमा खुल्ने भएका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अर्थ मन्त्रालयमा बिहीबार बसेको वार्ताबाट व्यवसायीको आन्दोलन स्थगित गर्ने निर्णय भएको हो । महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघलगायतका व्यवसायी संगठन, प्रतिनिधि र सरकारी अधिकारीबीच छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय