मिश्र बैजयन्ती
कञ्चनपुरकी कमला आउजीको त ज्यान सर्पले टोकेर गयो । उनीप्रति भावपूर्ण शेरद्धाञ्जली ।
अपराधीलाई जेल हालेजस्तो महिनावारी भएका नारीलाई सजाय दिने संस्कारलाई भत्काउन अनिवार्य छ भन्ने सुनेको पनि धेरै भयो ।पश्चिमका गाउॅमा अझै त्यो भत्कएन ।
तिव्र गतिमा छाउगोठ भत्काउने कुरा चलिरहेका छन् । सुधारसहितको नयाॅ संस्कार बनाउनका लागि गोठमा होइन अब घरकै कतै कुनामा छाउगोठ बनाउन थालिएला ।
छाउगोठ भत्काउने मात्र होइन महिलालाई महिनावारीमा आराम गर्न नदिई घरभित्रैका कुनाकाप्चातिर छाउकोठा बनाउने र असुरक्षित वातावरण बनाउनेलाई पनि कानुन बनाएरै सचेत बनाउनु पर्छ ।
जनचेतनाका लागि जसले महिनावारीमा महिलालाई आरामसहितको सुरक्षा दिन्छ त्यस परिवारलाई इन्सेन्टिवसमेत दिने व्यवस्था गर्न सके सकारात्मक दबाब पर्नेथियो ।

