दिलीप अग्रवाल
मोरङको रंगेली नगरपालिका–२ आमतोला स्थित कर्सिया–रंगेली हुलाकी सडकखण्डमा लागुऔषध नाइट्राजेपामसहित दुई जना युवक पक्राउ परेका छन्।
२०८२ साल असार३१ गते राति, को २५ प ८१३८ नम्बरको मोटरसाइकलमा कर्सियाबाट रंगेली तर्फ आउँदै गरेका दुई जना व्यक्तिलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले शंकास्पद रुपमा रोकी चेकजाँच गरेको थियो।
चालक झापा जिल्ला दमक नगरपालिका–९ बरगाछी निवासी वर्ष अन्दाजी ३५ का शिव कुमार सोरेन र पछाडि सवार सुनसरीको कमल गाउँपालिका–१ सरनपाडा निवासी वर्ष अन्दाजी ३३ का आकाश खड्काको साथबाट नाइट्राजेपाम (Nitrazepam) १६ पत्ता, जम्मा १५५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
लागुऔषधसहित मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको छ र उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

