उर्लाबारी, मोरङ — अनलाइन टिभी पत्रकार संघ नेपाल, कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनले मोरङका पत्रकार किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति चयन गरेको छ।

बिहीबार उर्लाबारी–५ स्थित होटल ग्राण्डमा सम्पन्न अधिवेशनले विभिन्न जिल्लाका प्रतिनिधित्वसहित नयाँ नेतृत्व चयन गरेको हो। उपाध्यक्षमा झापाका खगेन्द्र घिमिरे, सचिवमा उर्लाबारीका सरोज बस्नेत, सहसचिवमा सुनसरीका विनोद राना मगर, र कोषाध्यक्षमा मोरङकी सम्झना राई चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा किशोर निरौला, विजय भट्टराई, अफ्ताप अली र निशान ढकाल रहेका छन्।

उक्त अधिवेशनको उद्घाटन उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले गर्नु भएको थियो। कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सञ्जिब रेग्मी, उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाल, नेपाली कांग्रेस उर्लाबारीका सचिव दिपक भट्टराई, र उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङले पनि आ-आफ्ना धारणा राखेका थिए।

कोशी प्रदेशका ५० जना सक्रिय अनलाइन टिभी पत्रकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा आयोजक समितिका संयोजक ईशान्तकुमार खतिवडाले सभापतित्व गरेका थिए भने सन्तोष गौतमले सञ्चालन गरेका थिए।

संघले यस अधिवेशनलाई कोशी प्रदेशमा डिजिटल पत्रकारिताको सुदृढिकरणतर्फ एक महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय