सुनसरीमा बुढीखोलामा आइतबार (साउन ४) बिहान बाढी आएको छ । दुहाबी जलमापन केन्द्रमा बुढीखोलाको सतह खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “साउन ४ गते, बिहान सुनसरी जिल्लास्थित बुढीखोला, दुहाबी जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय