कोशी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । वर्षाका कारण नदीमा बाढी आएकाे छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण आज बिहान साढे ५ बजे इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
गत २४ घण्टामा इलामको माईपोखरी केन्द्रमा १८२‍‍.२ मिलिमिटर वर्षामापन भएको छ । इलामका इलाम चियाबगान, कन्याम चियाबगान, जितपुर, हिमाली गाउँमा पनि भारी वर्षा भएको छ । यसैगरी धनकुटाका त्रिवेणीमा १९५.६ र मझुवाघाटमा १७३ मिलिमिटर वर्षा भएको छ । धनकुटा बजार, पाख्रीबास, मुलघाट, सुनसरीको धरान बजार, तरहरामा पनि भारी वर्षा भएको छ ।हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षा भैरहेको महाशाखाले जनाएको छ । उक्त प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार एक घण्टायता कास्कीको लुम्ले, धनकुटाका मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार अनि इलामको माईपोखरीमा भारी वर्षा मापन भएको छ । मधेश प्रदेश र बागमति प्रदेशका जिल्लाहरुमा भने हल्कादेखि मध्यम वर्षा भएको छ ।गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ । कास्कीको लुम्लेमामा गत २४ घण्टामा १६२.६ मिलिमिटर पानी परेको छ । याम्जाकोटमा १३४ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय