१४ साउन। सिराहामा पूर्व वडाध्यक्षको बुबाको हत्या भएको छ।
बुधबार बिहान धनगढीमाई नगरपालिका-११ मा आफ्नै घरमा ७५ वर्षीय फनिलाल यादवको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी वीरेन्द्र पासवानको जानकारी अनुसार फनिलाल घरमा एक्लै बस्दैआएका हुन ।
मृतकका छोरा पूर्ववडाध्यक्ष कमलदेव यादव भने लहानमा बस्छन्।
बिहान छिमेकीले उठाउन जाँदा उनी रक्त‍ाम्य अवस्‍थामा फेला परेका थिए त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले उनलाई प्रादेशिक अस्पताल लहान पुर्‍याएको थियो। त्यहाँ चिकित्सकले विहान ८:२० बजे मृत घोषणा गरेको थियो। मृतकको टाउकोमा चोट देखिएकोले कुनै धारिलो हतियार प्रयोग भएको हुनसक्ने र पोष्टमर्टमको  रिपोर्ट आएपछि घटनाबारे थप खुल्ने डिएसपी पासवानले बताए ।
घटना कतिबेला र कसरी भएको भन्नेबारे यकिन भइनसकेको पनि उनले बताए।
हत्यारा चाडो पत्ता लगाई कारबाहीका लागि मृतकका परिवारले बिहान केहीबेर राजमार्ग अवरूद्ध समेत गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय