१६ साउन। निर्वाचन आयोगले रूपन्देही निर्वाचन क्षेत्र नं. ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न राजनीतिक दलहरुलाई आव्हान गरेको छ ।
आज आयोगले सूचना जारी गर्दै साउन २१ गतेदेखि २७ गतेसम्म आयोगको केन्द्रिय कार्यालयमा दल दर्ता गर्न आह्वान गरेको छ।
रूपन्देही ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आयोगले यस अघि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ ।
आयोगले कात्तिक १७ गते सम्पन्न हुने रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको रिक्त प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँमा दल दर्ताका लागि निवेदन दिन सूचित गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
यस निर्वाचन क्षेत्रमा २०७९ मसिर ४ गते निर्वाचन भई एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए । निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि उक्त रिक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो ।
आयोगले २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय