१९ साउन। नेपालको पब्जी समूह होर ई-स्पोर्ट्सले साउदी अरेबियामा भएको पब्जी मोबाइल विश्वकपको प्रतिस्पर्धामा नवौं स्थान हात पारेको छ। 
फाइनल चरणमा पुगेका १६ टोलीमा होरले नवौं स्थान हात पारेको छ। नवौ स्थानको जितसँगै उसले १ लाख २७ हजार ५ सय अमेरिकी डलर अर्थात नेपाली रुपैया एक करोड ७८ लाख नगद पुरस्कार हात पारेको छ। 
गत शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजको खेलमा होरा इस्पोर्ट्स समग्रमा १३औं भएपछि सिधै ग्राण्ड फाइनलमा पुग्न सकेको थिएन । लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइभल स्टेजमा होराले १२ खेलमा २ चिकेन डिनरसहित कुल १०८ अंक जोड्दै सर्भाइभल स्टेज जितेर फाइनलमा पुगेको थियो । सर्भाइभल स्टेजको शीर्ष ८ मा रहने टोली फाइनल स्टेजमा पुग्ने प्रावधान छ ।
काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर ई-स्पोर्ट्स विश्वकपमा छनोट भएको थियो। 
प्रतिस्पर्धामा म्यानमारको वाइजी इस्पोर्ट्स पहिलो भएको छ भने चीनको डब्लूबिजीले दोस्रो स्थान हात पारेको छ। प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गरेको छ।
नेपालको होर ई-स्पोर्ट्सको पब्जी टोलीको तर्फबाट आकाश राई, सुप्रिम अधिकारी, शीतल राई, उगेन छोपेल लामा, आयुश लामा र ‍प्रवेश गुरुङले प्रतिस्पर्धा गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय