१९ साउन। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम साउन २६ गतेदेखि खुल्ला गर्ने भएको छ ।
आज एक सूचना प्रकाशन गर्दै परीक्षाका लागि साउन २६ देखि ३१ गतेसम्म आवेदन खुला गरिएको जानकारी गराइएको छ ।
ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो । ईपीएस कोरिया शाखाले आवेदनको क्षेत्रमा उत्पादनमूलक क्षेत्रका लागि ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रका लागि १ हजार ८ सय गरि जम्मा ५ हजार ३सय कोटा तोकेको छ।
आवेदन दिनेको योग्यतामा नेपाली नागरिक हुनुपर्ने , १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको , फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको,कोरियामा E-9 र E-10 भिषामा दुईवटा कार्यकाल वा पाच बर्षभन्दा बढी नबसेको हुनुपर्ने प्राबधान सूचनामा उल्लेख गरेको छ ।
साथै एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र दर्खास्त फारम भर्न पाउने र भाषा परीक्षामा उतिर्ण परिक्षार्थीहरुले दोस्रो चरणको परीक्षामा समेत सहभागी भइ उतीर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सक्ने भनी सूचनामा उल्लेख गरिएको छ ।
परीक्षा काठमाडौंमा हुने र परीक्षा हुने मिति भने पछि सूचना प्रकाशन गरेर जानकारी गराइने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय