उर्लाबारी बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा विष्णु गुरागाई सर्वसम्मत भएका छन् । बिहिबार बसेको नवनिर्वाचित १५ सदस्यीय संचालक समितिको बैठकले गुरागाईलाई सर्वसम्मत रुपमा अध्यक्ष पदका लागि चयन गरेको हो।
समितिको जेष्ठ सदस्य प्रेम डाँगीको अध्यक्षतामा बसेको बैठकले गुरागाईलाई अध्यक्ष बनाउने निर्णय गरेको एक सदस्यले बताए ।
१५ सदस्य संचालक समितिमा निर्वाचित सदस्यहरुबाट अध्यक्ष र उपाध्यक्ष पद चयन गरिने व्यवस्था छ । उनी संयुक्त लोकतान्त्रीक प्यानलबाट चुनावमा होमिएका थिए । उर्लाबारी -७ निवासी गुरागाई नेपाली कांग्रेस निकट हुन्।
यस्तै उपाध्यक्ष पदमा भने सर्वसम्मत हुन सकेको छैन । स्रोतकाअनुसार उपाध्यक्षमा मिनप्रसाद दाहाल(मिलन) , टिकाप्रसाद अधिकारीलगायतले आकांक्षा राखेका छन्।
तस्विरमा: सपथ ग्रहणपश्चात निर्वाचन समितिद्वारा गुगागाईलाई प्रमाणपत्र वितरण गरिदै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय