उर्लाबारी । नेपाल क्वान मुकान कराँते डो संघ, कोशी प्रदेशको प्रथम अधिवेशनले उर्लाबारीका चन्द्रबहादुर धिमाललाई अध्यक्ष चयन गर्दै नयाँ नेतृत्वलाई सर्वसम्मत जिम्मेवारी दिएको छ ।
शनिबार मोरङको उर्लाबारीमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा विजु नेपाल, सचिवमा दुर्गाबहादुर श्रेष्ठ र कोषाध्यक्षमा दिपा तामाङलाई निर्वाचित गरेको छ । त्यस्तै, रोजलिङ राई, सुमन लिम्बू र तनिशा सिठुगे मगर सदस्यका रूपमा चयन भएका छन् ।
कार्यक्रममा कोशी प्रदेश खेलकुद बोर्डका सदस्य प्रदिप भगवत थारु, संघका केन्द्रीय उपाध्यक्ष नरदेव राई, कार्यालय सचिव विक्रम श्रेष्ठलगायतको उपस्थिति थियो ।
नव–निर्वाचित अध्यक्ष धिमालले खेलाडीको क्षमता विकास, कराँतेलाई आधुनिक अभ्याससँग जोड्ने तथा अन्तर्राष्ट्रिय स्तरमा सफल हुने आधार तयार गर्ने आफ्नो प्राथमिकता रहेको बताए । साथै उनले कराँतेलाई प्रदेशभर विस्तार गर्दै प्रशिक्षण प्रणालीलाई आधुनिक बनाउने योजना अघि सारेका छन् ।
अधिवेशनले कोशी प्रदेशमा कराँते खेललाई अझ व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण कदम चालेको सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय