
उर्लाबारी । स्वास्थ्यसंगै सामाजिक कार्यमा सक्रिय रहदै आएको उर्लाबारी–५ स्थित अरिनको हस्पिटल प्रा.लि.ले इलाका प्रहरी कार्यालय उर्लाबारीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
जेनजी आन्दोलनका क्रममा क्षति भएको प्रहरी कार्यालयलाई सहयोगस्वरूप हस्पिटलले ३२ इञ्चको आइडिया (हाइसन्स) टेलिभिजन २ थान, ठूलोबाट (स्टेण्ड पंखा) २ थान र सिलिङ पंखा ८ थान उपलब्ध गराएको हो ।
सहयोग कार्यक्रममा हस्पिटलका अध्यक्ष लोलिम पोमु लिम्बुले संकटको अवस्थामा समुदायसँगै रहेर प्रहरीलाई आवश्यक सहयोग पु–याउने अठोट व्यक्त गरेका थिए ।
प्रहरी कार्यालयले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो कदमले सुरक्षाकर्मीलाई प्रोत्साहन दिने मात्र नभई समुदाय र प्रहरी बिचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
उर्लाबारी ५ रहेको अरिनको हस्पिटल प्रा.लि.ले स्वास्थ्य सेवा प्रदानसँगै दर्जनौ सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको छ ।