लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस उर्लाबारीमा पनि विविध कार्यक्रम गरि मनाईएको छ । विशेष गरेर बढ्दो लागू औषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि हरेक बर्षको जून २६ तारिकका दिन यो दिवस मनाउने गरिन्छ ।

Health for Justice , Justice for Health भन्ने नारा सहित यो दिवश विश्वभर मनाईएको छ । नेपालमा भने “समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वास्थ्य जीवन ”भन्ने नारा सहित विविध जनचेतनामुलुक कार्यक्रम गरि यो दिवस मनाईएको छ ।
यसै सन्दर्भमा ईलाका प्रहरी कार्यलय उर्लाबारीको अगुवाइमा उर्लाबारी ७ स्थित जीवन बचाउ उपचार सेवा गृह पनि विशेष कार्यक्रम गरिएको छ ।
गृहमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी सहायक निरीक्षक बाबुराम खनालले लागू औषधको प्रयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असरका बारेमा त्यहा उपचाररत युवाहरुलाई सचेत गराउनु भएको थियो ।
बिक्रम संम्बत २०६२ सालमा स्थापना भएको उक्त उपचार सेवा गृहमा नेपालका विभिन्न ठाउबाट आएका ५४ जना लागू औषध प्रयोगकर्ता उपचारका लागि रहेका छन ।
उपचार सेवा गृहका अध्यक्ष पवन थापाको अध्यक्षता भएको कार्यक्रमको संचालन भने गृहका ईन्चार्ज रबिन्द्र दाहालले गर्नु भएको थियो

