उर्लाबारी, १२ असार
मोरङको उर्लाबारीका दलित अगुवा तथा दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व तथा क्षमता बिकास सम्बन्धि तालिम आज सम्पन्न भएको छ ।

नगर स्तरीय दलित समन्वय समितिको आयोजनामा र उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा असार १० बाट सुरु तालिम आज सम्पन्न भएको हो । समापन कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल र अतिथि कार्यपालिका सदस्य कृष्ण वर्देवाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा नगर उपप्रमुख मीना खतिवडा पौडेलले क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिमले दलित अगुवा तथा जनप्रतिनिधिलाई सामाजिक कार्यमा अघि बढ्न थप ज्ञान र सीप प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष यमलाल रसाइली, प्रशिक्षक उमेश विश्वकर्मालगायतले मन्तव्य राख्नुभएको थियो । नगर स्तरीय दलित समन्वय समितिकी सचिव कल्पना रोक्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गंगा गजमेरले गर्नुभएको थियो । उर्लाबारीका २६ जना दलित अगुवा र जनप्रतिनिधिको सहभागिता रहेको तालिमको सहजीकरण रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्मा र कार्यपालिका सदस्य कृष्ण वर्देवाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय