मोरङ, उर्लाबारी

द्वन्द्वपीडितहरुलाई स्वरोजगार बनाउन उर्लाबारी नगरपालिकाको आर्थिक सहयोग र द्वन्द्वपीडित स्वरोजगार सिपमूलक तालिम केन्द्र नेपाल, उर्लाबारीको आयोजनामा दुई महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रम केन्द्रका अध्यक्ष केदारनाथ सिटौलाको सभापतित्वमा सम्पन्न भएको थियो। तालिममा उर्लाबारीभरीका १८ जना द्वन्द्वपीडितहरुको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमलाई फलदायी भएको बताउँदै एड्भान्स सिलाई कटाई तालिम थप भए स्वरोजगार बन्न सहयोगी हुने धारणा व्यक्त गरेका छन्।

समापन कार्यक्रम सचिव भीमबहादुर राउतले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय