संखुवासभा.
संखुवासभा खाँदबारीका १७ वर्षीय आशिष घिमिरेले बिहीवार आत्महत्या गरेका छन्। आत्महत्याको कारण एसईई (SEE) परीक्षामा कम ग्रेड आएको बताइएको छ। बिहीवार एसईई को नतिजा आउना साथ आशिष दुखी बनेका थिए। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता राजकुमार लामिछानेका अनुसार, आशिषलाई घरको दोस्रो तलामा मृत अवस्थामा फेला पारिएको हो। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ। यस घटनाले परीक्षाको दबाब र यसको मानसिक प्रभावबारे पुनर्विचार गर्न आवश्यक रहेको औंल्याएको छ।

